दाङ, कार्तिक २१ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया नौ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
आइतवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो। उक्त बसमा ३० जना यात्रु सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ। घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो।
Facebook Comments


























