काठमाडौं, कार्तिक १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका छन्। “विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ। किन कुदेको थाहा छ ? एमाले मार्न,” ओलीको टिप्पणी छ, “पार्टीको नाम समाजवादी राख्छन्। समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन्।”
वि.सं. २००७ सालदेखि नै कांग्रेस देश ‘भडुवा’ पार्टी भएको भन्दै ओलीले अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको बताए।
“कांग्रेसले सकेन, राजतन्त्रले सकेन, सबै सिद्याएर आएको पार्टीलाई मास्न कुदेका छन्। पार्टी छोडेपछि त चुप लागेर घर बस्नु नी,” सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने।
Facebook Comments


























