काठमाडौं, कार्तिक १२ । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ। बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो।
न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ। सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए।
न्यायालय बन्धक बनाउन हुँदैन। सर्वसाधारणले दुःख पाए। इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो। अब म कानुनी उपचारमा जान्छु,’ चुडालले भने।
Facebook Comments


























