काठमाडौं, कार्तिक १२ । सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन्।
यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा ३० वटा पेसी राखिएको छ। जसमा १७२ वटा मुद्दा छन्।
न्यायाधीशहरू भने केहि दिनदेखि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन्।
Facebook Comments


























