काठमाडौं, कार्तिक १२ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।
आज (शुक्रबार) बिहान ११ बजे शुरू हुने बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार बारले अब देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ।
नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाएको थियो। तर, राणाले सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने बताउँदै आएका छन्।
Facebook Comments


























