चितवन, कार्तिक १० । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ।
Facebook Comments


























