मोरङ, कार्तिक ६ । लगातारको वर्षाका कारण धावनमार्गसहित डुबानमा पर्दा केही दिन अवरुद्ध भएको उडान विराटनगर विमानस्थलबाट शनिबारदेखि नियमित भएको छ।
शनिबार बिहान साढे ८ बजे काठमाडौँबाट विराटनगरका लागि बुद्ध एयरको विमानले उडान भरेको हो। सिभिआर रुममा पानी पसेर बिग्रेकोले उडान संख्या घटाउन एयरलायन्स कम्पनीलाई जानकारी गराएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल सञ्चालनका लागि शुक्रबार धावनमार्ग, पार्किङ क्षेत्र, टर्मिनल भवन सुरक्षाकर्मीहरुको सहयोगमा सफाई गरिएको थियो। विराटनगर विमानस्थलबाट मंगलबार बाढी पसेर जलमग्न हुँदा कुनै पनि उडान हुन सकेको थिएन।
Facebook Comments


























