कार्तिक ४ । ८८ जनाको मृत्यु हुने गरी तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिकरूपमा रोकिएको छ।
आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
‘भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना छैन तथापि केही स्थानमा छिटफुट वर्षा भने भइरहन्छ,’ पौडेलले भने। आजदेखि अधिकांश स्थानमा घाम लाग्ने पूर्वुनमान गरिएको उनले जानकारी दिए।
यद्यपि आगामी २४ घण्टा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Facebook Comments


























