केरला, कार्तिक १ । भारतको केरला राज्यमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ।
इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा २६ जनाको मृत्यु भएको हो। कयौँ व्यक्ति हराइरहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए। बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ।
पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ। एजेन्सी
Facebook Comments


























