असोज २३ । कंगोको नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु ६९ जना हराइरहेका छन्।
अफ्रिकाकै ठूलोमध्येको एक कंगो नदीमा शनिबार उक्त दुर्घटना भएको हो। दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन। उत्तरपश्चिम प्रान्त मोंगलास्थित नदीमा पुरानो काठको डुंगामा धेरै संख्यामा यात्रु भएकाले पल्टिएको हुनसक्ने बताइएको छ। दुर्घटनापछि ३९ जनाको जीवीतै उद्वार गरिएको अधिकारीहरुले बताएका छन्।
मोंगला प्रान्तका अधिकारीहरुका अनुसार क्षमताभन्दा धेरै यात्रु भएकाले डुंगा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको यकिन कारणबारे केही खुलासा भएको छैन। एजेन्सी
Facebook Comments


























