काठमाडौं, असोज २१ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छ्न्।
काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन घर नजिक उनको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ। घटनाको थप अनुसन्धान जारी छ। उनको शव बिहान ७ बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता प्रउ बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार घरको चौथो तलामा उनको मोबाइल फेला परेको छ। चतुर्वेदी बिहान मर्निङवाक गएको बेला उक्त घटना भएको जनाइएको छ। चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए। रासस
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









