असोज २१ । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।
५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो। कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
स्थानीय जीओ टेलिभिजनकाअनुसार करिब ५० जना घाइते भएका छन्।
Facebook Comments


























