सोल, असोज २० । दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत अगस्ट महिनामा दुई अङ्कले वृद्धि भएको भन्दै सन्तोष व्यक्त गरेका छन्।
कोरोनाभाइरसको महामारीका कारण कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू अझै पनि लागू भएकाले पनि अनलाइन किन्नेहरूको सङ्ख्या बढेको अनुमान गरिएको छ। अनलाइनबाट किन्नेहरूमध्ये खाना माग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र खाना विक्री गरेर मात्रै लाखौँ रूपैयाँको कारोबार भएको पाइएको छ।
सरकारी अधिकारीहरूका अनुसार गत महिनामा १६.८ प्रतिशतले अनलाइनबाट किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको हो। यो सङ्ख्या सन् २००१ देखिकै सबैभन्दा धेरै भएको बताइएको छ।
दक्षिण कोरियामा अहिले पनि दैनिक १५ सयभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् भने केही अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्।















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










