चितवन, असोज १६ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएकाछन्। निको हुने दर ९६ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ५९८ जनाको पीसीआर परीक्षणमा ६५९ र २ हजार ६२१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०८ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























