काठमाडौं, असोज १३ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन्। पूर्व सभामुख तथा पत्नी ओनसरी घर्तीसहित नेता पुन आज बिहान उपचारका लागि बैंकक प्रस्थान गरेका हुन्।
उनका स्वकीय सचिव सन्तोष पुनका अनुसार नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा नेता पुन थप उपचारका लागि बैंकक गएका हुन्। उनको थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा उपचार गरिने छ।
पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए। उनलाई जन्डिसको समस्या छ। जण्डिसको मात्रा नघटेकाले चिकत्सकहरुकै परामर्शमा उनी बैंकज गएको स्वकीय सचिव पुनले बताए।
Facebook Comments


























