असोज १२ । शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ। यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ।
मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्यो।
यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ अंकले घटेर ४९४.९१ को बिन्दुमा पुगेको छ। यो साता लगातार दोहोरो अंकले नेप्से परिसूचकमा गिरावट आएको छ।
मंगलबार सबैभन्दा धेरै दुईवटा कम्पनी नेपाल हाइड्रो डेभलोप्मेन्ट लिमिटेड र हिमालयन पार्टनर लिमिटेडको मूल्यमा गिरावट आएको छ। यी दुबै कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ।
मंगलबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ। यसदिन २१८ कम्पनीका १३०३४८२८ कित्ता शेयर किनबेच हुँदा ५,७४,५४,८८,१७९ रुपैयाँको कारोबार भएको छ।


























