असोज ११ । जर्मनीको संघीय निर्वाचनमा वामपन्थी सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) ले जित हात पारेको दाबी गरेको छ। एसपीडीका नेता ओलाफ सोल्जले सरकार बनाउने स्पष्ट जनादेश आफूलाई भएको बताएका छन्।
एसपीडीले २५.७ प्रतिशत मत हात पारेको छ। चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनले भने २४.१ प्रतिशत मत पाएको छ। वर्षौँदेखि यी दुई पार्टीले मिलेर शासन चलाएका थिए।
तर, सोल्जले अब ग्रिन पार्टी र लिबरल पार्टीसँग मिलेर नयाँ गठबन्धन बनाउने बताए। ३० भन्दा तलका मतदाताको धेरै मत भने ग्रिन पार्टीले प्राप्त गरेको छ। सो पार्टीले अहिलेसम्मकै धेरै १५ प्रतिशत पार्टी पाएको छ। यो चुनावमा जलवायु परिवर्तनलाई कसरी समाधान गर्ने भन्ने विषय मुख्य एजेन्डा बनेको थियो। एजेन्सी
Facebook Comments


























