चितवन, असोज ९ । ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरको स्वर रहेको नयाँ गीत ‘म त डुब्दै डुब्दै’ बोलको म्युजिक भिडियो युट्युबको ट्रेन्डिङमा उक्लिएको छ।
सो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। गीतमा ममता गुरुङको पनि आवाज सुन्न सकिन्छ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल श्रेया सिटौलाको अभिनय रहेको छ। भिडियोले एउटा सेलिब्रटी र साधारण युवतीको प्रेम यात्रालाई वर्णन गरेको छ। रामजी लामिछानेको निर्देशन तथा करियोग्राफी रहेको भिडियोलाई सौरभ लामाले खिचेका हुन्। बन्डेप्रसादले सम्पादन गरेको भिडियोमा कुनलले रंग संयोजन गरेका छन्।
असोज १ गते राष्ट्रिय चलचित्र दिवसको अवसरमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई आज पुनः पूर्वी चितवनको रत्ननगरमा पत्रकार सम्मेलनको आयोना गरी सार्वजनिक गरिएको हो।
द डिभाइन म्युजिक युट्युबबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई नविन के शर्माले निर्माण गरेका हुन्। Bonds Film Production Pvt. Ltd को प्रोडक्सनमा म्युजिक भिडियो निर्माण भएको हाे।
अहिले यो भिडियो ट्रेन्डिङमा छ।
https://www.youtube.com/watch?v=9Tvi-EA-SRk


























