चितवन, असोज ९। चितवनका विभिन्न स्थानमा आज (शनिवार) विद्युत अवरुद्ध हुने भएको छ।
पुलचोकदेखि गोन्द्राङसम्म सडक विस्तार कार्यको लागि विद्युत संरचना सार्नपर्ने भएकाले आज विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि पर्सा फिडर र ३३ केभि चनौली फिडर सटडाउन हुने नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जानकारी दिएको छ।
पूर्वी चितवनको टाँडी, पर्सा क्षेत्र र पश्चिम चितवनको चनौली र माडी क्षेत्रमा विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका इन्जिनियर विनोद सापकोटाले जानकारी दिए।

Facebook Comments


























