नयाँ दिल्ली, असोज ८ । भारतको राजधानी दिल्लीस्थित रोहणी अदालतमा शुक्रबार गोली चलेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘गुण्डा नाइके’ जितेन्द्रमान गोगीलाई अदालतमा उपस्थित गराउँदा अज्ञात आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए।
गोगीको घटनास्थलमै मृत्यु भएको छ। यस्तै गोली चलेपछि प्रहरीले जवाफी कारबाही गर्दा तीनजना आक्रमणकारीसमेत मारिएका छन्। घटनामा अन्य तीनजना घाइते भएका छन्। यो गोलीकाण्डपछि वकीलहरुले सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरुले आफूहरुलाई छुट्टै परिचय पत्र आवश्यक भएको बताएका छन्।
आक्रमणकारीहरु वकीलको भेषमा अदालतमा प्रवेश गरेका थिए। एजेन्सी
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










