असोज ८ । गायिका इन्दिरा जोशीले दुई वर्षदेखिको प्रेमी शरद केडियालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। उनले फेसन डिजाइनर रहेका शरदले आफूलाई औठी लगाएर विवाह प्रस्ताव गरेको तस्वीर राखेकी छन्।
‘उनले सोधे–तिमी मसँग विवाह गर्छौ ? मैले भनें– हुन्छ। आइ लभ यु शरद खड्का। मप्रति देखाएको प्रेमप्रति धन्यवाद। शरद केडिया। मेरो स्टार’, इन्दिराले लेखेकी छन्।
‘नेपाल आइडल’को निर्णायकसमेत रहेकी इन्दिरालाई शरदले हेलिकप्टरमा खुम्बु लगेर विवाह प्रस्ताव गरेका हुन्। हेलिकप्टरका क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले इन्दिरालाई औठी लगाउँदै गरेको भिडियो राखेका छन्।
Facebook Comments


























