बैतडी, असोज ७ । बैतडीमा एक व्यापारी मृत फेला परेका छन्। सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डौँमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्।
महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ। घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ। स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन्। रासस
Facebook Comments


























