असोज ७ । केही वर्षदेखि क्यानडामा बस्दै आएकी गायिका देविका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ दर्शकमाझ ल्याएकी छिन्। गीतमा शिब हमालको शब्द छ। गीतको भिडियो शिव हमालकै युट्युव च्यानलबाट रिलिज गरिएको छ।
गीतमा गायिका केसीलाई ‘नेपाल लोक स्टार’ विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन्। शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन्। भिडियो युट्युवको नेपाल ट्रेन्डिङमा परेको छ।
भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ। यी दुबैलाई कलाकार सुनिल क्षत्रीले नचाएका छन्। यो गीतको भिडियो निर्देशन सुनिल क्षत्रीले गरेका हुन्। भिडियोमा दुर्गा पौडेलको छायांकन र अमृत चापागाईंको सम्पादन छ।
Facebook Comments


























