बैतडी, असोज ४ । बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दशरथचन्द नगरपालिका–७ ढणौनबाट देहिमाण्डौँतर्फ जादैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटनामा परेको हो।
२६ वर्षीय चालक जनक चन्दको हातमा चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए।
उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।
Facebook Comments
























