काठमाडौं, असोज १ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ।
उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप आज दिउँसो २ बजे आइपुग्ने जानकारी दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार चीनसँग खरिद गरिएको उक्त खोप दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिए।
सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ। नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ। सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























