भदौ ३१ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ।
अघिल्लो दिनको तुलनामा तोलामा ७ सय रुपैयाँ घटेर छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ छ।
आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























