भदौ ३१ । चीनको सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ।
आज बिहान ४ बजेर ३३ मिनेटमा भूकम्प गएको एपी न्युजले जनाएको छ। भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएको जनाइएको छ। भूकम्पपछि उद्धार कार्य जारी छ।
सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ। यस्तै ३५ घर भत्किएका छन्। भूकम्पको केन्द्र उक्त प्रान्तको राजधानी चेङ्ग्दूको २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जनाइएको छ। पश्चिमी चीनमा बारम्बार भूकम्पले क्षति गरिरहेको छ।
मे २००८ मा समेत ७.९ म्याग्निच्युडको भूकम्पले सिचुअनमा झण्डै ९० हजार मानिसको ज्यान गएको थियो। एजेन्सी
Facebook Comments


























