भदौ ३० । हाँस्यटेलिफिल्म ‘सक्किगोनी’ आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ। यसअघि युट्युव अधिकार लिएको ओएसआर डिजिटलसँगको सम्झौता अवधि सकिएपछि त्यसको नवीकरण नगरेका कारण यो टेलिफिल्म जेपिटी जिग्री पाँडे टिम क्रिएसन अफिसियलबाट सार्वजनिक हुन लागेको हो।
अब हरेक बिहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने निर्माण पक्षले जनाएको छ।
ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको टेलिफिल्मका कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले बताए।
उनले भविष्यमा कुनै युट्युब च्यानलसँग डिजिटिल राइटस्को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने खुलाए। आफ्नै आधिकारीक युट्युब च्यानलमार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई छ।
Facebook Comments


























