चितवन, भदौ ३० । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ८ बाट १ लाख ४४ हजार रुपैयाँ नगदसहित आठ जुवाडे पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खैरहनी– ६ का नवीन बस्नेत, खैरहनी– ८ का विष्णु सुनार र कृष्ण श्रेष्ठ छन्। यस्तै, राप्ती नगरपालिका– ४ का केशवप्रसाद तिमिल्सिना, राप्ती–५ सुदन धरेल र राप्ती– ६ का चूडामणि थपलिया, दीपेश बर्तौला र सुदीप गिरी रहेकाछन्।
उनीहरूको साथबाट एक लाख ४४ हजार १७० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
खैरहनी नगरपालिका वडा नं– ८, लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हिजो (मंगलबार) साँझ श्रेष्ठसमेत आठजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























