भदौ २८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आइतबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज ३०० रूपैयाँ बढेर ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ। आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























