भदौ २८ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ २० पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























