चितवन, भदौ २७ । गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ‘चुम्बन गरिस्यो’ सार्वजनिक भएको छ।
गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर (मुस्कान) ले साथ दिएकी छिन्। सार्वजनिक गीतको भिडियोमा भने अहिलेका रुचाईेका मोडल बिमलअधिकारी रअन्जली अधिकारीलाई देख्न सकिन्छ।
अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको यस् गीतको संगीत मोडल बिमल अधिकारीको नै रहेको छ।भने भिडियो निर्देशन पनि बिमलले नै गरेका छन्।
राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन्। भिडियो भाबना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ।
Facebook Comments


























