चितवन, भदौ २३ । चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ। निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो।
कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डममरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ। मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ।
आर्थिक वर्ष २०७८/७९ मा मृत भेटिएको यो पहिलो बाघ हो। निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन्। रासस
Facebook Comments


























