सङ्खुवासभा, भदौ २२ । सङ्खुवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको हत्या भएको घटनाको धरानबाट गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ।
सङ्घीय प्रहरी एकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा सोमबार राति घटनास्थल पुगेको टोलीले आज अनुसन्धान थालेको हो।
सोमबार राति भारी वर्षा भएकाले कुकुरको प्रयोग प्रभावकारी नहुने ठानिएको छ। शव यत्रतत्र छरिएकाले लखेटीलखेटी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
दाहालको नेतृत्वमा टोलीमा रिजनल इन्भेस्टिकेसन टिम र तालिम प्राप्त ट्रयाकर डग पिकु र लैलालाई पनि लगेको छ। आजै घटनास्थलको अनुसन्धान सकेर शव उठाउने तयारी प्रहरीको छ।
सोमबार बिहान मादी नगरपालिका-१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो।
Facebook Comments


























