काठमाडौं, भदौ १६ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढे पनि बुधबार सुनुवाइ भएन। सापकोटा विरुद्धको अदालतको अवहेलना र द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने गरी पेशीमा चढेको थियो।
ती मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्ययाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधनिक इजलास गठन गरेका थिए।
माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो।
अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए। यस्तै पत्रकार कनकमणि दीक्षितले अवहेलना सम्बन्धी मुद्दा दायर गरेका थिए। यी तीनवटै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने आदेश भएको थियो।
तर, बुधबार सुनुवाई हेर्न नमिल्नेमा राखिएको छ। के कारणले हेर्न नमिल्नेमा राखिएको हो भन्ने केही आदेश भएपछिमात्र जानकारी हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले खबरहबलाई जानकारी दिए।


























