चितवन, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १ हजार ९०२ र ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९३ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























