चितवन, भदौ १३ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा बाल विषयक लघुकथाको संयुक्त सङ्ग्रह ‘लघुकथाको सुगन्ध’ को लोकार्पण भएको छ।
लोकार्पण समारोहका प्रमुख अतिथि, लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष ओम श्रेष्ठ रोदनले जुम भर्चुअल माध्यमबाट २०७८ भाद्र १२ गते शनिवार एक समारोहका बीच लोकार्पण गरेकाहुन्।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्माको’ अध्यक्षतामा सञ्चालित सो लोकार्पण समारोहमा लघुकथा समाज नेपाल, प्रदेश-१ का अध्यक्ष ममता मृदुल, प्रदेश-२ का अध्यक्ष डा.विश्वम्भर शर्मा, बागमती प्रदेशका अध्यक्ष डा.विदुर चालिसे, लुम्बिनी प्रदेश अध्यक्ष वनमाली निराकार, गण्डकी प्रदेश अध्यक्ष त्रिलोचन ढकाल, कर्णाली प्रदेश अध्यक्ष मणिकुमार पोखरेल, सुदुर पश्चिम प्रदेश अध्यक्ष श्रेष्ठ प्रिया पत्थर, शिक्षाविद तथा प्राज्ञ प्रा.डा. विद्यानाथ कोइराला तथा शिक्षा विकाश तथा समन्वय इकाई, चितवन प्रमुख भूमिलाल शर्मा सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो।
मञ्चका अभिभावक, स्रस्टा तथा साहित्यकारहरूअनन्त राज उपाध्याय, अवधेश सिंह, राजेन्द्र कुमार आचार्य श्रष्टा तथा साहित्यकारहरू सुमन सौरभ, रविन्द्र समीर, ललिता दोषी, डा.शंकर गैरे, गोपाल वस्याल, लक्ष्मण अर्याल, राम कुमार पण्डित, धनन्जय शर्मा तथा विभिन्न मिडियाका पत्रकारहरू अतिथिको रुपमा आमन्त्रित थिए।
बाल विषयक लघुकथाको संयुक्त सङ्ग्रह, ‘लघुकथाको सुगन्ध’ पुस्तक तथा पुस्तकमा समाविष्ट लघुकथाहरू माथि समीक्षक तथा समालोचक, श्रष्टा साहित्यकार रन्जुश्री पराजुली, डा.शेखर कुमार श्रेष्ठ, हरिप्रसाद भण्डारी, दीपक लोहनी तथा डा.कपिल लामिछानेले समीक्षा तथा समालोचना गरेकाथिए।
लोकार्पण समारोहका सभापतित्व गरेका मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटीले कृष्णजी शर्माले नमस्ते आधुनिक लघुकथा मञ्च लघुकथा विधाको लागि विधागत फेसबुक साहित्यिक समूह हो तर यो समूह कुनै विद्यालय वा विश्वविद्यालय हैन भने। उनले, ‘लघुकथाको सुगन्ध’ बाल विषयक संयुक्त सङ्ग्रह निकाल्न सहयोग गर्नु हुने सबै सहयोगी मनहरू प्रति हार्दिक धन्यवाद प्रकट गर्दै लोकार्पण समारोह समापन गरेका थिए। कार्यक्रममा मञ्चका सचिव मनोज अज्ञात र मञ्चकै सदस्य कमल पौडेलद्वयले उद्घोषणको भूमिका निर्वाह गरेका थिए। समारोह ३ घण्टा सम्म चलेको थियो।


























