काबुल, भदौ १० । अफगानिस्तानमा तालिबानले दुईजना पत्रकारमाथि कुटपिट गरेका छन्। अफगान निजी टेलिभिजन च्यानल टोलो न्युजका दुईजना पत्रकारलाई तालिबानले बन्दुकले पिटेका हुन्। टोलो न्युजले ट्वीट गर्दै आफ्ना दुईजना पत्रकार कुटिएको जनाएको छ।
पत्रकार जैर याद र बीस मजीदी अफगानिस्तानको राजधानी काबुलको सहर–ए–नीव क्षेत्रमा बेरोजगार मजदुरहरुको भिडियो बनाइरहेका बेला तालिबानले उनीहरुमाथि कुटपिट गरेको बीबीसीले जनाएको छ।
पत्रकार जैर यादले आफूहरुले पत्रकार परिचय पत्र देखाउँदा पनि थप्पड हानेको बन्दुकले पिटेको बताएका छन्। उनले तालिबानले आफूहरुको मोबाइलसमेत लिएको बताए। एजेन्सी
Facebook Comments


























