काठमाडौं ०८ भदौ । उपत्यकाको तीनवटा जिल्लामा राति ८ बजेपछि सवारीसाधन सञ्चालन खुला गरेको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ बजेसम्मको समयावधि हटाइएको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि समय खुला गरिए पनि जारी निषेधाज्ञा भने कायमै रहेकाे बताए। काठमाडौंमा भदौ १६ गतेसम्म कोभिड–१९ निषेधाज्ञा जारी छ। साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो। -रासस
Facebook Comments


























