काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानमा लागेका नेताहरुले आज सभापति शेरबहादुर देउबालाई प्रतिबेदन बुझाउने तयारी भएको छ।
आइतबार नै प्रतिबेदन बुझाउने भनिए पनि केही विषयमा फेरि विवाद देखिएपछि अन्तिम समय प्रतिवेदन बुझाइएको थिएन। लगभग विवाद सबै मिलेकाले आज साँझसम्म सभापति देउबालाई प्रतिवेदन बुझाउने नेता रमेश लेखकले जानकारी दिए।
क्रियाशील सदस्यता विवाद समाधानका लागि लेखकसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल खटिएका थिए। भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले आइतबार बेलुकी मात्रै विवाद टुंग्याएको जनाएका छन्।
बारा, सप्तरीलगायत छ जिल्लासहित एक सय वडामा रहेको क्रियाशील सदस्यताका विवाद सहमति टुंग्याइएको नेता रमेश लेखकले जानकारी दिए। क्रियाशील सदस्यता विवादकै कारण पटकरपटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९(१३ गतेसम्म गर्ने तय भएको छ।


























