भदौ १ । बलिवुड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म टाइगर-३ को शुटिंग रसियामा गर्ने भएका छन्।
फिल्मको शुटिंग रसियाका अलावा टर्की र अस्ट्रियामा पनि हुने बताइएको छ। यो फिल्म सलमानको फिल्म एक था टाइगरको तेस्रो भाग हो। यस अघिका दुवै भाग सुपर हिट भएका थिए।
फिल्ममा सलमानको अपोजिटमा कट्रिना कैफले अभिनय गर्दैछिन्। फिल्ममा इमरान हासमीले पनि अभिनय गर्दै छन्। इमरानले फिल्ममा भिलेनको भूमिका निभाउने बताइएको छ। यश राजको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्देशन दम लगाके हैसा, हिच्की, सुइ धागा जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक मनिष शर्माले गर्दै छन्।
फिल्ममा सलमानको भूमिका एक र एजेन्टको रहेको बताइएको छ। फिल्मको पुरै क्रू अगस्त १८ मा रसिया तर्फ जाने तयारी गरिरहेको बताइएको छ।
सलमानको यस बर्ष गत मे मा राधे फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भयो भने उनी शाहरुख खानको फिल्म पठानमा विशेष भूमिकामा आउदै छन्। त्यस्तै उनले आफ्नो फिल्म अन्तिम-एक फाइनल ट्रुथको पनि घोषणा गरेका छन्। त्यस्तै उनको टेलिभिजन रियालिटी शो बिग बोशको १५औ सिरिज पनि केहि महिनामा आउदै छ।


























