क्वालालम्पुर, साउन ३२ । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका छन्। संसदमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका हुन्।
यासिन प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना मात्र पुगेको थियो। उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए। २ सय २२ जना सांसद भएको संसदमा उनी कम बहुमत पाएर सत्तामा आएका थिए।
सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ) ले यासिनलाई दिएको समर्थन फिर्ता गर्दै राजीनामा दिन दबाब दिएको थियो। यासिनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए। एजेन्सी
Facebook Comments


























