मुम्बई, साउन ३२ । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को उपाधि पवनदीप राजनले जितेका छन्। शोमा अरुणिता काञ्जीलाल फस्ट रनर अप भइन्।
पवनदीपले अन्य चार प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन्। फिनालेमा पवनदीपसहित दानिश खान, शनमुखप्रिया, अरुणिता काञ्जीलाल, निहाल तोरो, सयाली काम्बले प्रतिष्पर्धी थिए। उत्तराखण्डका पवनदीपले उपाधिसँगै नगद २५ लाख रुपैंयाँ, ट्रफी र एक कार पुरस्कार पाए।
फिनाले झण्डै १२ घण्टा भन्दा बढी समयसम्म चलेको थियो। शोमा कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, कुमार सानू, अल्का याग्निक र उदित नारायण झालगायत पुगेका थिए। शोमा द ग्रेट खली पनि पुगेका थिए।
फिनालेमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमियाको पनि उपस्थिति थियो। तर शोको निर्णायकमध्येकी एक नेहा कक्कड भने कार्यक्रममा उपस्थित थिइनन्। एबीपी लाइभ
Facebook Comments


























