चितवन, साउन २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३१ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























