चितवन, साउन १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८७ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























