साउन १५ । अफगानिस्तानमा आएको बाढीले ६० जनाको ज्यान लिएको छ। कयौँ बेपत्ता भएका छन्। पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ। बाढीका कारण कयौँ घर भत्किएका छन्।
विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप अरु जानकारी आएको छैन। बाढीमा हराएकाको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताले बताएका खबरमा उल्लेख गरिएको छ।
दुर्गम भएकाले बाढीग्रस्त क्षेत्रमा राहत सामग्री पुर्याउन चुनौती रहेको अफगानिस्तानका सरकारी अधिकारीले बताएका छन्। एजेन्सी
Facebook Comments


























