साउन १३ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको चौथो दिन सुन तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाला सुन ९२ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। १ हजार २५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
Facebook Comments


























