चितवन, साउन ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २४० जनाको पीसीआर परीक्षणबाट २ हजार ३९१ र ५ हजार ३२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी जम्मा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























