काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टी (जसपा) आधिकारितको विवादमा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन्।
उनले आफू जेलमा रहेको र अहिले कुनै पनि पक्षमा सनाखत गर्न नैतिकताले नदिएको पत्रकारसामू बताएका छन्। उनले भने, ‘जेलबाट आयोगमा आएर पक्ष वा विपक्षमा मत दिन नैतिकताले दिएन। मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो। म जसपाको कार्यकर्ता हो।’
सांसद चौधरीले आफू राजनीतिक मुद्धामा जेल बस्नुपरेको भन्दै उनले अहिलेपनि आफू पार्टीको बफादार सदस्य रहेको बताए। जसपा अध्यक्ष महन्थ ठाकुरलाई उनले महाभारतको भीष्म पितामहसँग तुलना गर्दै सम्मान गर्ने समेत बताए।
Facebook Comments


























