साउन ११ । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणका मामिलामा अमेरिका “गलत दिशामा हिँडिरहेको” चेतावनी दिएका छन्।
खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढ्न थालेपछि संक्रामक रोग विशेषज्ञ फाउचीले महामारी नियन्त्रणका लागि लिइएको हालको नीतिलाई पुनर्विचार गर्नुपर्ने समेत बताएका छन्।
सीएनएनसँगको कुराकानीमा फाउचीले खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिनु पर्ने सुझाएका छन्। अमेरिकामा हालसम्म कुल जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको जनाइएको छ। तर कतिपय राज्यमा खोप लगाउने दर कम हुँदा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ।
पछिल्लो विवरणअनुसार अमेरिकामा १३ हजार ८१८ नयाँ संक्रमित थपिएका छन् भने ४९ संक्रमितको मृत्यु भएको छ। हालसम्म अमेरिकामा ३ करोड ५१ लाख ९९ हजार ४६५ जना संक्रमित भएका छन् भने ६ लाख २६ हजार ७६२ जनाको मृत्यु भएको छ। एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











